इजिप्टले गाजाको भविष्यका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने

  ५ घण्टा अगाडि

जेरुसेलम, १८ असोज : हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजनाअन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्धपछिको भविष्यबारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार बताएका छन् ।

इजिप्टले “प्यालेस्टिनी एकता र गाजा पट्टीको प्रशासनसहित गाजाको भविष्यका बारेमा अन्तर–प्यालेस्टिनी संवाद“ आयोजना गर्ने अमास अधिकारीललाई उदृत गर्दै एएफपीले जनाएको छ ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना अन्तर्गत गाजामा बन्दी बनाइएका बन्धकहरूलाई रिहा गर्ने बताएको छ । यद्देपी युद्ध समाप्त भएपछि प्यालेस्टिनी क्षेत्रबाट यसको निशस्त्रीकरण र निर्वासनको मुद्दालाई भने अझै सम्बोधन गरेको छैन । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया