सन् २०२२ देखि हाइटीमा हिंसामा १६ हजारभन्दा बढीको मृत्यु : राष्ट्रसंघ

  ६ घण्टा अगाडि

जेनेभा, १६ असोज : सन् २०२२ को सुरुदेखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै योभन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्चदेखि तीव्र हिंसा भएको संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख भोल्कर टर्कले बताउनु भएको छ ।

गरिबी समस्याले ग्रस्त देश हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरताको पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने हिंसात्मक आपराधिक गिरोहबाट पीडित रहेको छ ।

सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा उल्लेखितभन्दा बढी मानिस मारिएको तथा र करिब सात हजार मानिसहरू घाइते भएको जनाउदै गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरेको टर्कले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदलाई बताउनु भएको छ ।

गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सभन्दा बाहिर डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने” खतरा रहेको उहाँले बताउनु भएको छ ।

न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्ने जनाइएको छ ।

यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको टर्कले बताउनु भएको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरू बिचको “हिंसाको चरमोउत्कर्ष“ को निन्दा गरेका छन् ।

गत मार्चदेखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको उहाँले बताउनु भएको छ ।

सेप्टेम्बरको मध्य सम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको छ । यी अधिकांश ड्रोन आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने तुर्कले बताउनुभएको छ ।

तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय” भएको उहाँले बताउनु भएको छ ।

हाइटीका बालबालिकाहरू गिरोहद्वारा तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।

“हामी हाइटीका जनताका लागि यो अवस्थालाई परिवर्तन गर्न सक्छौँ र गर्नुपर्छ” टर्कले भन्नु भयो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया