भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  ६ घण्टा अगाडि

हनोई, १३ असोज : भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले सोमबार रिपोर्ट गरेको छ ।

टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ । यसै गरी उत्तरी र मध्य भियतनाममा बिजुली बाढीको प्रभाव पछि कटौती भएको रिपोर्ट गरिएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले सोमबार पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीलाई आँधीबेहरी र त्यसपछिको बाढीलाई द्रुत रूपमा सम्बोधन गर्न आग्रह गर्नु भएको छ । (रासस\सिन्ह्वा)

तपाईको प्रतिक्रिया