लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

  ८ घण्टा अगाडि

सिरहा, १३ असोज : जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डिएपी) बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डिएपी र युरिया मल बरामद गरिएको हो ।”

बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताउनुभयो

यसअघि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया