उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

  असोज १२, २०८२

अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।

बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९ः३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताउनु भएको छ । उहाँका अनुसार शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो ।

साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताउनु भएको छ ।

यस अघि सामाजिक सञ्जालमा साउथपोर्ट अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन र अनुसन्धान भइरहेको समयमा घरमै बस्न आग्रह गरेका थिए ।

रासस

तपाईको प्रतिक्रिया