बक्सिङका पूर्व विश्व च्याम्पियन ह्याटनको ४६ वर्षको उमेरमा निधन

  १४ घण्टा अगाडि

लन्डन, २९ भदौ : बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको उमेरमा निधन भएको छ। उहाँ ४६ वर्षको हुनुहुन्थ्यो ।

ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला पर्नुभएको थियो । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार उहाँको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताउनुभएको छ ।

“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानी प्रहरी प्रवक्ताले बताए ।

“उहाँको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उहाँको कुनै पनि शङकास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ ।

‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जित्नुभएको थियो ।

उहाँको आक्रामक शैलीले उहाँलाई आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनाउन सफल भएको थियो ।

सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरूवात गरेका उहाँले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जित्नुभएको थियो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया