कङ्गोमा डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता

  भदौ २८, २०८२

किनशासा, २८ भदौ : डेमोक्रेटिक गणराज्य कांगोको उत्तर-पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना कांगो नदीमा म्बाण्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो ।

स्रोतले जनाए अनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन्। दुर्घटनामा दुंगामा रहेका सबै सामग्री आगोले जलेर नष्ट भएका छन् ।

दुर्घटनाको कारण भने अहिलेसम्म अज्ञात रहेको छ ।

विशेषगरी कांगो नदीमा डुङ्गा दुर्घटनाहरू प्रायः घट्ने गर्छन्, जहाँ अत्यधिक भार लोड भएका र बिग्रिएका जहाजहरूले प्रायः यस्ता दुर्घटनाहरू निम्त्याउँछन् ।

यसै साता, बुधबार राति, इक्वाटेउर प्रान्तको बासान्कुसु क्षेत्रको एक मोटराइज्ड डुङ्गा पल्टिँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया