म्याग्दीको गुर्जा र लमसुङमा रहेको ढोरपाटन सिकार आरक्षको रेञ्जपोष्टमा आगजनी

  भदौ २५, २०८२

म्याग्दी, २५ भदौ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र लमसुङमा रहेको ढोरपाटन सिकार आरक्षको रेञ्जपोष्टमा स्थानीयवासीले बुधबार तोडफोड र आगजनी गरेका छन् ।

ढोरपाटन सिकार आरक्षमा समेटिएका गुर्जा र लमसुङका बासिन्दा त्यहाँ रेञ्जपोष्ट राख्न नहुने पक्षमा रहँदै आएका थिए । गुर्जाको चारकोठे एकतले कच्ची र लमसुङको एकतले पक्की भवन आगलागीबाट नष्ट भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पुष्टि गर्नुभयो ।

स्थानीयवासीलाई घाँस, दाउरा, काठ, जडीबुटी, च्याउ, टुसा सङ्कलन गर्न आरक्षको झञ्झटिलो प्रक्रियाका कारण दुःख भएको स्थानीयवासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया