काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४ हजार तीन सय हेक्टर क्षेत्रफल सिंचाइ आयोजनाको उद्घाटन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री ओलीले ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटनसमेत गर्नुभएको छ ।