पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

  असार २८, २०८२

काठमाडौँ, २८ असार : पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उहाँको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार भोलि गरिने राससले जनाएको छ ।

उहाँले लामो समयसम्म द राइजिङ नेपालमा काम गर्नुभएको थियो । उहाँका दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया