‘एसियाली मुलुकमा अरुको तुलनामा ‘राम्रो’ कर दर हुनसक्छ’

  १७ घण्टा अगाडि

क्वालालम्पुर, २६ असार : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे २० भन्दा बढी देशमाथि दण्डात्मक कर लगाउने चेतावनीपछि रुबियोको मलेसिया भ्रमण भएको हो ।

क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को बैठकका क्रममा रुबियोले भन्नुभयो , “म यति भन्न सक्छु, सबै कुरा भनेजस्तो भयो भने दक्षिणपूर्व एशियाका धेरै देशहरूमा कर दरहरू वास्तवमा विश्वका अन्य भागहरूको तुलनामा राम्रो हुनेछ ।”

उहाँले अगाडी भन्नुभयो, “वार्ता जारी छ । अर्को साता जापानसँग वार्ता हुनेछ । यहाँ प्रतिनिधित्व गर्ने लगभग हरेक देशसँग निरन्तर वार्ता भइरहेको छ ।”

राष्ट्रपति ट्रम्पले गत अप्रिलमा आफूले निलम्बन गरेको करसम्बन्धी अवधारणा नयाँ समयसीमाभित्र फिर्ता हुने बताउनुभएको छ ।

उहाँले एशियाका धेरै देशसहित २० भन्दा बढी देशहरू करवृद्धिको पहिलो निर्णयको भागिदार बन्नेछन् । उनीहरूले २० देखि ५० प्रतिशतसम्म करको सामना गरिरहेका छन् र तामा आयातमा ५० प्रतिशत कर र फार्मास्युटिकल्समा सम्भावित २०० प्रतिशत शुल्क लागू गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गर्नुभएको छ ।

लक्षितमध्ये एसियाली मुलुकमध्ये शीर्ष व्यापार साझेदारहरू जापान र दक्षिण कोरिया पनि रहेका छन् । यी दुबै मुलुकका लागि २५ प्रतिशत कर वृद्धि हुन सक्ने बताइएको छ।

इन्डोनेसिया, लाओस, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, ब्रुनाई र म्यान्मारले २० देखि ४० प्रतिशतसम्म करको सामना गर्नुपर्ने अनुमानहरू गरिएका छन् । आसियानको सदस्यसमेत रहेको भियतनाम ट्रम्प प्रशासनसँग अस्थायी सम्झौता गर्ने दुई देशमध्ये एक हो भने बेलायत अर्को हो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया