आगलागीमा परेर एक महिलाको मृत्यु

  असार २६, २०८२

काठमाडौँ, २६ असार : काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो । तामाङ कोठामै मृत भेटिएकी हुन् । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया