पाँच संसदीय समितिको बैठक बस्दै

  असार १८, २०८२

काठमाडौँ, १८ असार : बुधबार एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल हुने छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल हुने छ ।

यसैगरी, दिउँसो २ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारबाही सम्बन्धमा छलफल हुने छ । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलको बारेमा छलफल हुने छ ।

तपाईको प्रतिक्रिया