राम्चेमा योजनाको काम निर्धारित समय अगाबै सम्पन्न

  १२ घण्टा अगाडि

म्याग्दी (बेनी), १४ असार : म्याग्दीको अन्नपूर्णगाउँपालिका– ८ राम्चेमा शतप्रतिशत योजनाको काम निर्धारित समय अगाबै सकिएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मागाउँपालिका र वडा कार्यालयमार्फत सञ्चालन भएका पूर्वाधार निर्माण योजना गत जेठ अगावै सम्पन्नभएका हुन् ।

यस वर्ष वडाभित्र करिब रु एक करोड बढी बजेटबाट सडक, पदमार्ग, भवनलगायतका पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो । “वडाबाट छनौट भएका र पालिकाबाट थपभएर आएका योजना सतप्रतिशत कार्यान्वय भएका छन्, हामीले जेठमै सबै योजनाको काम सकेका थियौँ, पालिकाबाट जनप्रतिनिधि र प्राविधिकले अन्तिमअनुगमन गरेपछि अहिले भुक्तानीको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

उपभोक्ता समिति, समुदाय र जनप्रतिनिधिको सक्रियताले वडामा भित्रिएको बजेट फिर्ता हुने र निर्माणकार्यमा ढिलासुस्तीको समस्या हटेको वडा अध्यक्षगर्बुजाले जानकारी दिनुभयो । यस वडामा चालु आर्थिक वर्षमा दुई ठूला गौरवका योजना सञ्चालन भएका थिए । पर्यटकीय बस्तीको रूपमा परिचित नाङ्गीगाउँमा रु २० लाख बजेटबाट खेलमैदाननिर्माण गरिएको छ । हिमाञ्चल माध्यमिक विद्यालय परिसरमा विद्यार्थी र स्थानीय युवालाई लक्षित गरी फुटबल खेल सञ्चालन गर्न सकिने क्षमताको खेलमैदानको आधार भूतपूर्वाधार निर्माण भएको छ ।

त्यसैगरी राम्चे गाउँमावडा कार्यालय भवनमा तलाथपको लागि वडा र पालिकामार्फत विनियोजन भएको रु २५ लाख र जिल्ला समन्वय समिति तथा पालिकाको लागत साझेदारीमा रु ८ लाख बराबरको भौतिक संरचनानिर्माणका कामसमेत सम्पन्न भएको वडा अध्यक्षगर्बुजाले जानकारी दिनुभयो । नाङ्गीदेखि राम्चे आउने थावनमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण र परम्परागत ढुङ्गे साँघु मर्मत गरिएको छ ।

थावन स्थित दोबिल्नाखोलामा रहेको जिर्ण ढुङ्गे साँघु मर्मत रपदमार्ग निर्माणले सर्वसाधारणलाई सहजभएको स्थानीयवासी रबि गर्बुजापुनले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थावन र महभिरदेखि धार्मिक पर्यटकीयस्थल करबाकेलीथानजोड्ने बाटोमा ढुङ्गाको सिढी चिनेरकरिब २५६ मिटर पदमार्ग निर्माण भएको छ ।

ढुङ्गा चिनेर स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पदमार्ग निर्माण भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक निश्चलराजचोखालले जानकारी दिनुभयो । यसै वर्ष वडा नं ८ को काफलडाँडामा घाट जाने बाटोमा रु आठ लाख बजेटबाट करिब ४०० मिटर पदमार्ग निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा यस वडाको नाङ्गीमा युवाक्लबको भवनमर्मत, काफलडाँडामा देउराली युवाक्लबको भवन निर्माण भएको छ ।

वडाभित्र सञ्चालित सडक निर्माण योजनामार्फत आलडाँडादेखि नाकाजोड्ने सडकमा ७०० मिटर र बासुर क्षेत्रमा एक हजार २०० मिटर नयाँ सडकको ट्याकनिर्माण भएको निर्माण भएको वडाका प्राविधिक शम्भुकुमार यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्ष थपना देउराली बालविकास भवनको घेरावार, काफलडाँडा आधारभूत विद्यालयमा सिलिङ निर्माण, महभिर सिँचाइ पोखरी मर्मतलगायतका भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया