काठमाडौँ, १३ असारः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा हुनुभएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गर्नुभएका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा जानुभएको थियो । पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ ।