चिनियाँ दूतावासद्वाराआफ्ना नागरिक र संस्थाहरूलाई नेपालको वर्षायाममा सुरक्षित रहन अपील

  ९ घण्टा अगाडि

नेपाल वर्षा ऋतु सुरू भएसँगै काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिक तथा संस्थाहरूलाई सतर्कताका लागि चेतावनी जारी गरेको छ ।

चिनियाँ संचारमाध्यमहरूका अनुसार वर्षा ऋतुमा प्रवेश भएकाले नेपालका  विभिन्न क्षेत्रहरूमा बिस्तारै वर्षा बढ्दै गएकोले सावधानी अपनाउन दूतावासले सचेत गराएको हो ।

नेपालको वर्षा ऋतु सामान्यतया असारदेखि भदौसम्म जारी रहन्छ । कमजोर पूर्वाधारका कारण भारी वर्षासँगै बाढी, पहिरो र सडक भत्किएर सजिलै प्रकोपहरू निम्तिने गरेका छन् । चिनियाँ दूतावासका अनुसार नेपालमा झाडापखाला, टाइफाइड ज्वरो र डेंगु ज्वरो जस्ता पानीजन्य संक्रामक रोगहरू पनि बढ्दै गइरहेका छन् ।

तपाईको प्रतिक्रिया