विनियोजन विधेयक सर्वसम्मतिले पारित

  १२ घण्टा अगाडि

विराटनगर, ६ असार : कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘आर्थिक वर्ष २०८२-८३ का लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यसअघि विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, विदुर लिंथेप, रमेशकुमार बस्नेत र यशोदा कायस्थले भाग लिनुभएको थियो ।

शून्य समय

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक छ भन्नुभयो ।

अर्की सदस्य सविना बजगाइँले झापाको बाहुडाँगीको जनजीवन हात्तीबाट आक्रान्त भएको गुनासो गर्र्दै सरकारबाट नियन्त्रणको प्रयास हुनुपर्ने माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया