इन्दिरालाई स्वर्ण

  २२ घण्टा अगाडि

काठमाडौँ, १ असार : काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा आज स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा इन्दिराले काठमाडौँ महानगरपालिका–२९ का सविता बस्नेतलाई ११–५ र ११–२ को सोझो सेटमा पराजित गरिन् ।

काठमाडौँ महानगरपालिका–२९ की सम्झना पोखरेल र काठमाडौँ महानगरपालिका–३० की दीपा श्रेष्ठ तेस्रो भए । काठमाडौँ महानगरपालिका–२६ को आयोजनामा भइरहेको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयस्नु महर्जनले कीर्तिपुरकै सफल महर्जनलाई सीधा सेटमा ११–२, ११–६ र ११–९ तथा काठमाडौँ महानगरपालिका–२ का उज्ज्वल मानन्धरले काठमाडौँ महानगरपालिका २६ का आर्यन शाहीलाई ११–९, ११–९ र ११–७ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१४ ब्वाइज सिंगल्समा काठमाडौँ महानगरपालिका–१ का निश्चल थापाले काठमाडौँ महानगरपालिका–२६ का सम्भवराज वन्तलाई १२–१०, ११–६ र ११–७ तथा काठमाडौँ महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौँ महानगरपालिका १७ का निरभ महर्जनलाई ११–२, ११–६ र ११–२ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे ।

प्रतियोगिताको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया