राजधानीमा सम्पन्न नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई ७२५ का विरुद्ध ७३२ मतले पराजित गर्दै कडरियाले जीत हात पारेका हुन् ।
महासचिवमा दीपक धामी निर्वाचित हुँदा उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल विजयी भए ।
उपाध्यक्षमा अञ्जना शिवाकोटी र बिकाश श्रेष्ठ, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी, चार सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र समीमबाबु खान बिजयी भएका छन् भने आयोगको अध्यक्षहरुमा प्रकाश बिष्ट, अञ्जली लम्साल, सुमन घिमिरे र जीतप्रकाश सिटौला निर्वाचित भए ।