सिना वेइपो प्रयोगकर्ता आधारित जानकारी शेयर गर्ने, प्रसार गर्ने र प्राप्त गर्ने प्लेटफर्म हो । यसले चीनमा कुल वेइपो प्रयोगकर्ताहरूको संख्याको ५७ प्रतिशत र चीनमा कुल वेइपो गतिविधिहरूको संख्याको ८७ प्रतिशत ओगटेको छ जसले यसलाई चीनमा सबैभन्दा धेरै भ्रमण गरिएका वेबसाइटहरू मध्ये एक बनाउँछ ।

अगस्ट २००९ मा सिना कर्पोरेशनद्वारा वेइपो सुरु गरिएको थियो। डिसेम्बर २०१२ को अन्त्यसम्ममा, सिना वेइपो का ५० करोड भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू थिए जुन वार्षिक रूपमा ७४ प्रतिशतले उल्लेखनीय वृद्धि हो।
वेइपोका दैनिक सक्रिय प्रयोगकर्ताहरूको संख्या ४ करोड ६२ लाख छ र प्रयोगकर्ताहरूले ताइवान, हङकङ, मकाउ, सिंगापुर, मलेसिया र विश्वभरका चिनियाँ समुदायहरूलाई समेट्दै हरेक दिन १० करोडभन्दा बढी पोस्टहरू पोस्ट गर्छन् ।

विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका सेलिब्रिटी तथा सर्वसाधारणले पनि वेइपोलाई आफ्नो प्रयोगको माध्यम बनाउँछन् । भारतीय प्रधानमन्त्री बनेपछि पहिलो पटक चीन भ्रमण गर्नुअघि नरेन्द्र मोदीले वेइपो अकाउन्ट खोलेका थिए । यसबाट उनले लाखौँ चिनियाँको सद्भाव बटुल्न सके । तर कालान्तर चीन र भारतबीचमा सम्बन्धमा चिसोपन छायो र मोदीले वेइपो अकाउन्ट बन्द गरे। नेपाल भ्रमण गरेका विभिन्न व्यक्तिहरुले वेइपोमा आफ्ना रङ्गीन फोटोहरु प्रस्तुत गर्दछन् । यसै सिलसिलामा हामीले एक छद्नामकी प्रयोगकर्ताका खाताबाट सुन्दर फोटोहरू झिकेर यहाँ प्रस्तुत गरेका छौं।

औयाङ् स्याउ यीरुई नामकी वेइपो प्रयोगकर्ताले पछिल्लो नेपाल भ्रमणका क्रममा काठमाडौंका स्वयंभू, दरबार स्क्वायर, लुम्बिनी लगायतका स्थानका सुन्दर तस्बिर पोस्ट गरेकी छन् । उनको खातामा भएको विवरण अनुसार बेइजिङ फिल्म एकेडेमीबाट सन् २०११ अभिनयमा स्नातक भएकी छन् ।
हेरौं, उनको लेन्समा नेपालको चित्र कस्तो देखिन्छ?





