नेपाल-चीन सांस्कृतिक आदानप्रदानको जीवन्त उदाहरण

  ९ घण्टा अगाडि

साझाखबर, ८ जेठ : तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिको चीनमा आए र चिनियाँ इतिहासमा अहिलेसम्म जिवन्त रहेको श्वेतचैत्य बनाए । युआन राजवंशमा बनेको बेइजिङको मियाओइङ प्यागोडा जस्ता भव्य भवनहरूको निर्माणको अग्रसरता अरनिकोले लिएका थिए ।

सन् २०१५ को विनाशकारी भूकम्पपछि ध्वस्त भएको नेपाली सांस्कृतिक अवशेषहरूको पुनस्थापनाका लागि चिनियाँ सांस्कृतिक डाक्टरहरू हाल नेपालमा छन् । भूकम्पले ध्वस्त भएको काठमाडौंको दरबार स्क्वायरमा रहेको नौ तले मन्दिरलाई पुनर्जीवित गर्न स्थानीय सांस्कृतिक अवशेष संरक्षणकर्मीहरूसँग मिलेर काम गरेका छन् ।


यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव हो । नौ तल्ले मन्दिर फेरि अग्लिएर प्राचीन गौरब पुनः प्राप्त भएको छ । यसबाट  समृद्ध इतिहास मात्र होइन तर विश्वलाई चीन र नेपाल बीचको मित्रता पनि देखाउँछ ।

स्रोतः चिनियाँ अनलाइन

तपाईको प्रतिक्रिया