साझाखबर, ६ जेठ
केन्द्रीय बैंकको नेतृत्व कसलाई गर्ने भन्ने विषयमा हप्तौंदेखि चलिरहेको राजनीतिक वार्तालाई अन्त्य गर्दै सरकारले अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको नियुक्तिलाई अन्तिम रूप दियो।