दस्तावेज
चीनको स्वशासित क्षेत्र तिब्बत जसलाई अचेल सिचाङ भनिन्छ, एक मात्रै अन्तर्राष्ट्रिय निकाय छ, त्यो नेपालको हो । नेपालको महावाणिज्यदूतावास नै संसारको छानो मानिने तिब्बतको एउटै मात्र विदेशी मिसन हो । सिचाङसँग सीमा जोडिएका भारत, भुटान भएपनि नेपालको मात्रै मिसन हुनुको अर्थ चीनले नेपाललाई दिएको महत्वको अर्थ हो । इतिहासमा भारत, भुटान, बेलायतको भएपनि हालसम्म कायमै रहेको भनेको नेपाली मिसन मात्रै हो ।

बौद्ध धर्माबलम्बीको पवित्र शहर मानिने तिब्बतको राजधानी ल्हासास्थित नोर्बुलिङ्का सडकमा नेपाली मिसन अवस्थित छ जसको नजीकै विश्वविख्यात पोताला दरबार सम्पदा अवस्थित छ । तिब्बतसँग नेपालको करीब १४१४ किलोमिटर दूरी साझेदारी छ भने तिब्बतका लागि मुख्य व्यापार साझेदार नै नेपाल हो। हाल तिब्बतको दक्षिण एसिया छिर्ने गेटवेको रुपमा नेपाललाई लिइन्छ ।
यो पनि हेर्नुहोस् – https://www.sajhakhabar.com/2025/05/01/298380/