सुडान, १० चैत : सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताउनुभयो ।
कोरिन्थिया होटल र रणनीतिक सुविधा प्रशासन नियन्त्रण लिएको उहाँले बताउनुभयो । सेनाले मध्य खार्तुमका प्रमुख स्थानहरूमा नियन्त्रण पनि मजबुत बनाएको छ । जसमा जैन टावर, सुडानको केन्द्रीय बैंक, सहेल र सहारा बैंक टावर, सहकारी टावर, बायान कलेज, राष्ट्रिय सङ्ग्रहालय, सुडान विज्ञान र प्रविधि विश्वविद्यालय र मैत्री हल समावेश छन् ।
शुक्रबार सुडानी सेनाले मध्य खार्तुममा राष्ट्रपति दरबार र सरकारी मुख्यालयको नियन्त्रण लिएको घोषणा गरेको छ । संयुक्त राष्ट्र संघले उद्धृत गरेको सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजनाका अनुसार सुडान अप्रिल २०२३ को मध्यदेखि द्वन्द्वमा फसेको छ । जसमा लगभग ३० हजार जनाको ज्यान गएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल