सानोभर्याङमा रहेको काष्ठ उद्योगमा आगलागी

  साउन २९, २०८१

काठमाडौँ, २९ साउन : काठमाडौँ महानगरपालिका— १५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ ।

आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । आगलागीको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया