नुवाकोट हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

  साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

“घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उहाँले भन्नुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया