ललितपुर (गोदावरी) १२ साउन : दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएको छ । आज भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएको हो ।
उहाँले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएको हो । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्नुहुने राससले जनाएको छ ।