छ जनाको पीसीआर परीक्षण पोजिटिभ

  असार ०७, २०७७

हेटौँडा, असार ७ : मकवानपुरको मनहरी गाउँपालिकामा छ जनाको पीसीआर परीक्षणमा पाेजिटिभ देखिएको छ । मनहरी गाउँपालिकाले उद्धार गरी मनहरी–३ लामिटारमा रहेको क्वारेन्टाइनमा राखिएकामध्ये छ जनाको पीसीआर परीक्षणका क्रममा पाेजिटिभ देखिएको गाउँपालिका स्वास्थ्य संयोजक टीकाराम अधिकारीले बताउनुभयो ।

कोरोना देखिएकामा मनहरी गाउँपालिका वडा नं. ४ का २८ र ४० वर्षका पुरुष र ३० वर्षकी एक महिला रहेका छन् । त्यसैगरी मनहरी ७ का २२ वर्षीय पुरुष र मनहरी १ का २६ र ३७ वर्षका पुरुष रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडास्थित आइसोलेसन वार्डमा लगिएको गाउँपालिकाले जनाएको छ ।

११ दिनअघि भारतको गोवाबाट आएका उनीहरूलाई नेपालको सीमाबाट गाउँपालिकाले ल्याएर क्वारेन्टाइनमा राखेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले मनहरी–३ लामिटारस्थित सभा हल र मनहरी ७ स्थित विद्यालय भवनमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।  

तपाईको प्रतिक्रिया