इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ६,५०० नाघ्यो

  कार्तिक ०८, २०८०

गाजा, ८ कात्तिक : गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया