प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

  असोज २७, २०८०

काठमाडाैँ, २८ असोज : प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्रालयका सचिव किरणराज शर्मा तथा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो ।

बेलायतका चिफ अफ द जनरल स्टाफ पट्रिक सन्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको थियो ।

उहाँले रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमाण्डेडहरुसँग भेट गर्नुभएको थियो । त्यस्तै उहाँले ब्रिगेड अफ गोर्खाज हेडक्वाटर्सको भ्रमण गर्नुभएको थियो । प्रधानसेनापति बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उहाँको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया