गैँडा मृत फेला

  असोज १९, २०८०

बर्दिया, १९ असोज : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।

गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो । मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया