उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

  भदौ २४, २०८०

काठमाडौं, २४ भदौ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

नेपाली सेनाका महासेनानी अन्जन केशर खत्रीका अनुसार अस्पतालका प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीद्वारा उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । 

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका खड्का स्वास्थ्य लाभ पश्चात् आइतबार दिउँसो ३ः३० बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ । उहाँ गत भदौ १३ गते बुधबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया