काठमाडौं, २४ साउन : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
दिवसका अवसरमा आज काठमाडौंमा नेपाल जनजाती महासंघको आयोजनामा भृकुटीमण्डपबाट र्यालीसहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।
यस अवसरमा महासंघले दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुँदै छ ।
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/16.jpg)
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् ।
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/12_4.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/9_6.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/4_21.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/15_1.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/14_1.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/7_10.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/6_11.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/13_1.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/3_25.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/10_2.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/2_27.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/5_13.jpg)
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/11_1.jpg)