बेइजिङ, १८ साउन : चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिनयता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो ।
उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित सहरमा एक हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारको कार्य गरिरहेका छन् । सहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर सहरको पश्चिमी भागमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको सिन्ह्वाले जनाएको छ ।
शनिबार बिहान ८ देखि मङ्गलबार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३५५.१ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको थियो ।
सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । चीनको राजधानी र आसपास क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् ।
उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित सहरमा एक हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारको कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ । सहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर सहरको पश्चिमी भागमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।
शनिबार बिहान ८ देखि मङ्गलबार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३५५.१ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको थियो ।
सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । चीनको राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् ।






