युएईका राष्ट्रपतिलाई साइप्रसका राष्ट्रपतिबाट लिखित सन्देश

  जेठ २२, २०८०

अबु धाबी, २२ जेठ : युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे लिखित सन्देश प्राप्त गर्नुभएको छ।
अबु धाबीमा साइप्रसका विदेश मन्त्री कन्स्टान्टिनोस कोम्बोससँगको भेटमा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानलाई यो सन्देश दिइएको हो। भेटका क्रममा उहाँहरूले युएई र साइप्रसबीचको मित्रता र रणनीतिक साझेदारी सम्बन्धमा छलफल गर्नुका साथै विभिन्न क्षेत्रमा सहयोगलाई अझ प्रगाढ बनाउने उपायहरूको खोजी गर्नु भएको थियो ।

दुई मन्त्रीहरूले एचएच शेख अब्दुल्लाह बिन जायदले अप्रिलमा साइप्रसमा गर्नु भएको कार्य भ्रमणको नतिजाको समीक्षा गर्नु भएको छ । उहाँहरूले विभिन्न क्षेत्रहरूमा युएई-साइप्रियट सहयोगको निरन्तर वृद्धि र विकासलाई पनि दोहोर्याउँनु भएको छ ।

छलफलमा क्षेत्रीय र अन्तरराष्ट्रिय परिस्थिति र घटनाक्रमका साथै अन्तरराष्ट्रिय सङ्गठनहरूबीचको संयुक्त सहकार्यका बारेमा पनि छलफल भएको थियो ।
शेख अब्दुल्ला र कम्बोसले जलवायु परिवर्तन र जलवायु परिवर्तनको प्रभावसँग लड्न बहुपक्षीय प्रयासहरूमा गुणात्मक फड्को मार्ने उपलब्ध अवसरहरू लगायत थुप्रै आपसी साझा विषयहरूमा पनि छलफल गर्नु भएको छ। उहाँहरूले नोभेम्बरमा दुबईमा हुन लागेको २८औँ कन्फ्रेन्स अफ द पार्टिज (कोप २८) युएईले आयोजना गर्ने तयारीबारे पनि छलफल गर्नु भएको थियो । (रासस)

तपाईको प्रतिक्रिया