चालक अनुमति पत्र नविकरण पाल्पाबाटै

  जेठ ०६, २०८०

रामपुर पाल्पा, ६ जेठ सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो ।

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमति पत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिनुभयो । कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र नविकरणको काम थालेको छ ।

तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया