काठमाडौं, १ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य पदबाट निलम्बित हुनुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई सांसद पदबाट निलम्बन गरिएको पत्र पढेर सुनाउनुभएको छ ।
रायमाझीलाई प्रहरीले आइतबार राति बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट निलम्बनमा पर्नुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।






