काठमाडौं, ३० वैशाख : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भएको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा नेताहरु प्रस्तुत गरेका विषयमा छलफल गरेको छ । स्थायी कमिटी बैठकले अध्यक्षको प्रतिवेदनमा केही संशोधनसहित अनुमोदनको लागि केन्द्रीय कमिटी बैठकमा पठाएको छ ।
शुक्रबार ९हिजो० अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूह बनाएर छलफल भएको थियो । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक सुरु हुनेछ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरुलाई ७ सय ५३ वटै पालिकाको जिम्मेवारी दिएर पार्टीको काममा खटाउने तयारी गरेको छ । एक वर्षको सांगठनिक कामको कार्यविभाजन गरेर खटाउने योजना छ ।






