चितवन, १२ वैशाख : चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो ।
उहाँले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्नु भएको हो । जितनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याउनु भएको छ ।
त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याउनुभएको छ ।
अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउनु भएको थियो ।






