मापदण्ड विपरीतका संरचना हटाउन थालियो

  बैशाख ०८, २०८०

गुल्मी, ८ वैशाख : रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो ।

नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीहरुलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरु आफैँ हटाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो । नगरपालिकाले तोकेका समयमा उक्त संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि नगरपालिकाले बाध्य बनेर डोजर प्रयोग गरी अव्यवस्थित रुपमा बनाइएका संरचना हटाउन सुरु गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभएको छ ।

नगरपालिकाले अव्यवस्थित रुपमा सडक प्रयोग गरी बनाइएका पेटीहरु डोजरको माध्यमबाट हटाउन थालेपछि कतिपय घरधनीहरुले स्वयम् त्यस्ता संरचनाहरु हटाउन थालेका गरेका छन् । बजार क्षेत्रमा साँगुरो सडक र त्यसै सडकमा पनि सडकै मिचेर पेटी तथा नालीहरु बनाएपछि सवारी साधनका साथै सर्वसाधारणका लागि पैदल यात्रा गर्नसमेत समस्या परेको थियोे ।
रासस

तपाईको प्रतिक्रिया