काठमाडौं, ४ वैशाख : सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग टीआरसी सँग सम्बन्धित विषयमा बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्रकुमार श्रेष्ठ छलफलमा सहभागी हुनुहुन्छ ।
यसैगरी, बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको सहभागिता छ ।
प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्याय एवम् टीआरसीसँग सम्बन्धित विधेयकमा सत्ता गठबन्धनका शीर्ष नेता एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै आउनुभएको छ ।






