लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

  चैत २०, २०७९

लुम्बिनी, २० चैत : बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ ।

तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र दिगो विकास र पर्यटनमा स्थानीयलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका छन् । छलफलपछि प्रस्तुत सुझाव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्विक विभाग, लुम्बिनी विकास कोष र युनेस्कोले लागू गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा लुम्बिनीस्थित मायादेवी मन्दिरभित्रको पुरातात्विक संरचनाका विषयमा गहनरुपमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो । लुम्बिनी, तिलौराकोट र बृहत्तर लुम्बिनी क्षेत्रको पुरातात्विक सम्पदा संरक्षण र दिगो विकासका सवालमा अन्तर्राष्ट्रिय विज्ञले गहन छलफल गरेका थिए । संयुक्त राष्ट्र सङ्घको सहयोगमा केञ्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुशरण गर्नुपर्ने समितिले सुझाव दिएको छ ।

समितिले पर्यटनसँग स्थानीयलाई जोडेर जीविकोपार्जनमा समेत सहयोग गर्न सुझाव दिएको छ । त्यसैगरी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरणका लागि आवश्यक थप रणनीति बनाउनुपर्नेमा विज्ञ बैठकले जोड दिएको छ । युनेस्को ९जापानीज फण्ड इन ट्रष्ट० अन्तर्गत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ बैठक बस्दै आएको छ ।

तपाईको प्रतिक्रिया