काठमाडौँ, १४ चैत : नेपाली कांग्रेसले नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गर्नुभएको हो ।
सभापति देउवाले आदर्शविक्रम कार्की काठमाडौँ, महेन्द्रभक्त अधिकारी नवलपुर, प्रभात आले तनहुँ, नम्रता बराल कास्की, प्रेमबहादुर घले सुर्खेत, ईश्वर गिरी काठमाडौँ, जितु उपाध्याय कैलाली, भवानी कोइराला सर्लाही र विश्वराज घिमिरे ९पर्सा०लाई सदस्यमा मनोनयन गर्नुभएको हो ।
यस्तै, डा धिरेन्द्र साह महोत्तरी, कालु मेचे झापा, जनार्दन अर्याल गोरखा, विवेकानन्द झा सप्तरी, ऋचा लुइँटेल बाँके, रमेश रावल डडेल्धुरा, मनोज थापा काठमाडौँ र विश्वनाथ दाहाल काठमाडौँलाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस






