मन्त्रीपरिषदले दुई दिनभित्रै पूर्णता पाउँछः उपप्रधानमन्त्री श्रेष्ठ

  चैत ११, २०७९

काठमाडौं, चैत ११ : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।

‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन। गम्भिर नै छ। तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ। सरकारको तर्फबाट मैले तपाईहरूलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भिर छ,’ उनले भने, ‘एक-दुई भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ। त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरू पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं।’

तपाईको प्रतिक्रिया