विश्वासको मत लिएपछि चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

  चैत ०३, २०७९

काठमाडौं, चैत ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन-चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलसँग बसेर सत्ता विस्तारबारे पनि छलफल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’’ प्रधानमन्त्रीले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बतउनुभयो ।

तपाईको प्रतिक्रिया