वीरगञ्ज र नेपालगञ्जमा थप १० जनामा कोरोना पुष्टि, कुल ६९ पुग्यो

  बैशाख २१, २०७७

काठमाडौं, वैशाख २१ : वीरगञ्ज एक र नेपालगञ्जमा नाैसहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो ।

नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार महिला रहेकाे बताइएकाे छ । 

तपाईको प्रतिक्रिया