एमालेले डाक्यो सचिवालय बैठक

  फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया