महिला सशक्तिकरण महिला आन्दोलनकै उपज हो : प्रदेश प्रमुख परियार

  फागुन २४, २०७९

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताउनुभएको छ । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताउनुभएको हो ।

आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले लङ्ैगिक समानताका क्षेत्रमा हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको औँल्याउनु भएको छ ।

उहाँले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था, न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको भन्दै उहाँले सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया