काठमाडौं,फागुन २३ : सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आज बसेको सत्तारुढ आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई भोलि (बुधबार) बिहान ११ बजेसम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।
मंगलबार बसेको आठ दलको बैठकले सांसदहरुलाई बुधबार काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।






