राष्ट्रपति निर्वाचन : झलनाथलाई भेट्न डल्लु पुगे रामचन्द्र पौडेल

  फागुन २२, २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाउनुभएको छ । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाउनुभएको हो ।

राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालसँग आज बिहान भेट गरेर आफ्नो पक्षमा मत माग्नुभएको छ । नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लु पुग्नुभएको थियो ।

आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया